नबिल बैंकको भिसाकार्ड प्रयोग गरे १० प्रतिशत सम्म नगद फिर्ता पाइने |
काठमाडौं । नबिल बैंकले भिसाकार्ड वाहकलाई लक्षित गरेर ʽनबिल भिसाकार्ड क्यास−ब्याकʼ नामक नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना शुरु गरेको छ । बैंकले भिसाकार्ड प्रयोगमा १० प्रतिशत नगद फिर्ता योजना ल्याएको छ ।
यस योजना अन्तर्गत कुनैपनि नबिल बैंकका भिसाकार्ड वाहक ग्राहकहरुले नेपाल भित्रका पीओएसबाट प्रत्येक पटक सफल कारोबारको १० प्रतिशत अथवा अधिकतम पाँच सय रुपैयाँ सम्म नगद फिर्ता पाउने बैंकले जानकारी दिएको छ ।
यो योजना मंसिर १४ गते देखि पौष १६ गते सम्मको कारोबारमा सहभागि हुनेले मात्रै प्राप्त गर्नेछ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतिय कारोबारका लागि प्रेरित गरी कार्ड मार्फत नियमित कारोवार गर्न डिजिटल बैंकिङ विकास गर्नको यस योजनाले सहयोग पुग्ने बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको दाबी छ ।