सिद्धार्थ बैंकको मंसिर २३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने |
काठमाडौं । सिद्धार्थ बैंकले मंसिर २३ गतेदेखि सर्वसाधारणको लागि ऋणपत्रकको निष्काशन तथा विक्री खुला गर्ने भएको छ । बैंकले ४ लाख ५० हजार कित्ता ऋणपत्र मध्ये २२ हजार ५०० कित्ता ऋणपत्र सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट २ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको थियो । जसमा २० प्रतिशत ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्न लागिएको बैंकले जानकारी दिएको छ । सर्वसाधारणले न्युनतम २० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवदेन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ ।
बैंकले पहिलो चरणमा मंसिर २६ गतेसम्म विक्री खुला गर्ने छ । यदि पहिलो चरणमा विक्री नभएमा ढिलोमा पुष २३ गतेसम्म विक्री खुला राख्ने क्यापिटलको भनाई छ ।
ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ अनुसार बैंकले इक्रा एनपिएल ट्रिपल वि प्लसु प्राप्त गरेको छ । यस रेटिङले मध्यम कर्जा जोखिमको संकेत गर्ने क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।
बैंकले यसअघि तीन पटक ऋणपत्र निष्काशन गरिसकेको छ । अहिलेको निष्काशन सहित बैंकले तीन अर्ब ४५ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने छ ।