जनरल इन्स्योरेन्स र देव विकास बैंकबीच बैंकासुरेन्स सम्झौंता |
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी र देव विकास बैंकबीच बैंकासुरेन्स सेवा सम्वन्धी सम्झौंता भएको छ ।
सम्झौंतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र इन्स्योरेन्सका महाप्रवन्धक एसके तमोटले हस्ताक्षर गरे । यो सहमतिसँगै बैंकका ग्राहकले निर्जीवन बीमा सम्वन्धि सेवा पाउने कम्पनीले जानकारी दिएको छ ।