नेपालगंजमा भएकको ‘बजाज आरई’ महा टेस्ट ड्राईभ सम्पन्न |
काठमाडौं । नेपालमा (बजाज आरई) थ्री ह्वीलर (टेम्पु) विक्री गर्ने अधिकृत विक्रेता हंसराज हुलासचंदले बजाज आरई महा टेस्ट ड्राईभ नेपालगंजमा सम्पन्न गरेको छ । बजाज आरईको बारेमा जानकारी दिने तथा बजाज आरई सर्वसाधारणलाई टेस्ट ड्राईभ गराउने उद्धेश्यका साथ सडक बिभागको चौर, कारकाँदो , नेपालगंजमा यहि मंसिर ८ गते बजाज आरई महा टेस्ट ड्राईभ भव्य रुपमा सम्पन्न गरेको छ ।
विश्वको नं. १ थ्री ह्वीलर बजाज आरईले नेपालीहरुलाई स्वदेशमा नै रोजगार प्रदान गर्ने उद्धेश्यका साथ नेपालमा बजाज आरई आएको हो । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउने मुख्य उदेश्य रहेको छ ।
यहि उदेश्यलाई लिएर बजाज आरईले टेष्ट ड्राइभ मेला आयोजना गरेको हो । यसमा गरिएको लगानीले पहिलो दिनदेखि नै आम्दानी गर्न सकिने हुँदा यसको मूख्य नारा नै ʽएउटा यस्तो लगानी जसले गर्दछ शुरुको दिन देखि नै आम्दानीʼ रहेको छ ।
कम्पनीले मनोरञ्जनका साथमा बजाजका थ्री ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि यहि शनिवार मेला आयोजना गरेको हो । त्यसैगरी साङ्गीतिक कार्यक्रम, लक्की ड्र,नित्र्य प्रस्तुति ,नाटक ,फुड स्टलको व्यवस्था गरिएको थियो । सर्वशाधरणले कार्यक्रमबाट भरपुर आनन्द उठाएका थिए ।
समारोहका मुख्य आकर्षण प्रसिद्ध गायिका इंदिरा जोशी, प्रसिद्ध गायक काली प्रसाद बास्कोटा, प्रसिद्ध गायक सूरज थापा र प्रसिद्ध कमेडियन राजा राजेंद्र पोखरेल जस्ता स्टार कलाकारद्वारा प्रत्यक्ष प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा टेस्ट ड्राइभ गर्न चालकहरूलाई निःशुल्क खाना र आकर्षक उपहारको व्यवस्था गरिएको थियो । साथै, उक्त कार्यक्रमको प्रवेश निःशुल्क रहेको थियो ।