नेप्सेले अनलाइन कारोबार बारे प्रशिक्षण दिन नाम दर्ता खोल्यो |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आम लगानीकर्ताहरुलाई अनलाइन प्रणालीका बारेमा जानकारी दिने उदेश्यले तालिम दिन लागेको छ । यसका लागि नेप्सेले मंसिर १६ गतेदेखि २० गतेसम्म अपरान्ह ३ बजे र मंसिर २१ गते मध्यान्ह १२ बजे नेप्सेको सभा हलमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।
प्रशिक्षण कार्यक्रममा भाग लिनका लागि मंसिर १३ देखि नै नाम दर्ता ख खुल्ला गरि सकेको छ । कार्यक्रममा सहभागि हुनका लागि आफ्नो परिचय खुल्ने प्रमाण पत्र ल्याउनुपर्ने नेप्सेले जानकारी दिएको छ ।
यसका साथै नेप्सेले अनलाइन सम्बन्धि जानकारी पुस्तिका तयार गरी वेभसाइटमा राखेको छ । उक्त पुस्तिकामा नेप्सेको अनलाइन प्रणालीमा कसरी पहुँच स्थापित गर्ने, आदेश प्रविष्ट गर्ने, सूचनाहरु प्राप्त गर्ने, काराबोर विवरण प्राप्त गर्ने भन्ने लगायतका जानकारीहरु समावेश गरिएको नेप्सेले उल्लेख गरेको छ ।