आज ११ः३० देखि जोरबिजोर प्रणाली हटेपछि यातायातमा भयो सहजता | सडकमा जोरबिजोर दुवै सवारी चल्न थाले
काठमाडौं । नेपाल सरकारले एशिया प्यासिफिक समिटका लागि भन्दै हिजो बिहीवारदेखि सवारीसाधनमा लागू गरेको जोरबिजोर प्रणाली खारेज गरेको छ । ट्राफिक प्रहरीले गृह मन्त्रालयको निर्देशन भन्दै आज ११ः३० देखि यो प्रणाली हटाएको घोषणा गरेको हो ।
सोसियल मिडिया र सञ्चारमाध्यममा समेत व्यापक रूपमा सरकारको आलोचना र जनदवाव आएपछि सरकारले जोरबिजोर प्रणाली खारेज गरेको हो । नेपाली कांग्रेसका युवा नेता गगन थापाले समेत जोरबिजोरको अवज्ञा गर्न आव्हान गरेका थिए ।
सरकारले समिटका लागि भन्दै मंसिर १३ देखि १६ गतेसम्मका लागि जोरबिजोर प्रणाली लागू गरेको थियो । जोरबिजोर प्रणाली हटाएको सूचना सार्वजनिक गरेपछि अहिले सबै सवारी चल्न थालेको र अवस्था समान्य भई यातायातमा सहज भएकाले सर्वसाधारणले राहतको सास फेरेका छन् ।