नेपालमा २५ सय रेनल्ट गाडी विक्री |
काठमाडौं । रेनल्टले दुई वर्षको अवधिमा २५ सय गाडी बिक्री गरेको छ । रेनल्टको नेपालको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले आक्रामक बजार रणनीति अवलम्बन गर्दै छोटो समयमा यतिधेरै गाडी बिक्री गरेको हो ।
एड्भान्स अटोमोबाइल विशाल समूह अन्तर्गतको कम्पनी हो । नेपालमा बिक्री हुने प्यासेन्जर भेहिकलमा तेस्रो स्थानमा रहेको कम्पनीको दाबी छ । सन् २०१६ बाट रेनल्टको गाडी नेपालमा बिक्री सुरु भएको थियो । कम्पनीले शोरुम र सर्भिस सेन्टरमा ठूलो लगानी गरेको थियो । जसको प्रतिफल ग्राहकको रोजाईमा रेनल्ट परेको थियो । रेनल्टको इन्ट्री लेभलदेखि एसयुभी सेग्मेन्टमा गाडी छन्।
एड्भान्स अटोमोबाइलले २५ सय गाडी बिक्रीको अवसरमा एक कार्यक्रम समेत गर्यो । रेनल्ट इन्डियाका उपाध्यक्ष थोमश डबरुएलले ग्राहकलाई कारको साँचो हस्तान्तरण गरे । रेनल्टको डस्टर, क्याप्चर र क्विड गाडी छन्। डबरुएलले नेपाली बजारमा छिट्टै रेनल्ट स्थापित ब्राण्ड भएको बताउँदै सुलभ मूल्यमा उत्कृष्ट गाडी बजारमा ल्याउने प्रतिवद्धता समेत जनाए ।