महालक्ष्मी विकास बैंकले गर्यो कपिलबस्तुका विद्यार्थीलाई सहयोग |
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रौटा शाखा कार्यालयले विद्यार्थीहरु लाई सहयोग गरेको हो । उक्त शाखाले खुरखुरीया कपिलवस्तुस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको हो ।
बैंकले स्कुल ब्याग, स्कुल पोसाक तथा सरसफाइका सामान वितरण गरेको छ । बैंकले सरसफाइसम्बन्धी सामानहरु कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत कुल १५० विद्यार्थीहरुलाई वितरण गरेको थियो ।
स्कुल ब्याग कक्षा १ देखि कक्षा ५ मा अध्ययनरत कुल ६५ जना विद्यार्थीहरुलाई प्रदान गरेको थियो । कार्यक्रममा बैंकले विद्यालयका प्रत्येक कक्षाबाट एक जना आर्थिक स्थिति कमजोर भएको विद्यार्थी छानीे कुल १० जना विद्यार्थीहरुलाई स्कुलको पोसाक वितरण गरेको थियो ।