सन लाइफको बीमा जागरण कार्यक्रम सुर्खेतमा |
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हालै बीमा जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यही मंसिर १२ गते सुर्खेतको मेहलकुनामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरूलाई सम्मान गर्नुका साथै कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत अर्याल र महाप्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।