गुँरास लाईफद्धारा मृत्यु दावी वापतको भुक्तानी रकम हस्तान्तरण |
काठमाडौं । गुँरास लाई इन्स्योरेन्स कम्पनीले बीमीत विष्णु बाबु तिवारीको ओमानमा दुर्घटनामा परि मृत्यु भएको दावी भुक्तानी वापतको रकम बीमीतको श्रीमती प्रतिमा पौडेललाई हस्तान्तरण गरेको छ ।
बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत बीमा गराएका तनहुँ चोकचिसापानी (हालः भानु नगरपालीका वडा नं. १०) निवासी बीमीत विष्णु बाबु तिवारीको ओमानमा दुर्घटनामा परि मृत्यु भएको थियो ।
उक्त दावी भुक्तानी वापतको रकम बीमीतको श्रीमती प्रतिमा पौडेललाई १४ लाख रूपैयाँ कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेती एक कार्यक्रमकाबीच चेक मार्फत भुक्तानी दिएको हो ।