नेपाल पुनर्बीमा र प्राइम लाइफबीच २० प्रतिशत ब्यापार दिने सम्झौता |
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।
सरकारी बजेट बक्तब्यमा भएको कार्यक्रम अनुसार २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता भएको हो ।
पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन्। ।