हमाद अन्तरराष्ट्रिय विमानस्थलमा डियोर ले पफ्र्युम्स पोडियमको स्थापना |

दोहा, कतार । पफ्र्युमको रुचिबाट प्रेरित, कतार ड्युटी फ्री (क्यूडीएफ) तथा पफ्र्युम्स क्रिश्चियन डियोरले हमाद अन्तरराष्ट्रिय विमानस्थलमा डियोर ले पफ्र्युम्स पोडियमको स्थापना गरेको छ । उक्त पोडियमले ग्राहकहरुलाई आमन्त्रण गर्दै एक नयाँ अनुभव प्रदान गर्नुको साथै डियोरको उत्कृष्ट उत्पादनसँग परिचित गराउनेछ ।
कतार एयरवेज ग्रुप तथा डियोरका अधिकारीहरुको सहकार्यमा हमाद अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित एक विशेष कार्यक्रमबीच विशेष अतिथिहरुको उपस्थितिमा पोडियमको उद्घाटन गरिएको थियो । कार्यक्रममा कतार एयरवेज ग्रुपका प्रमुख अधिकृत अकबर अल बकर, हमाद अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अधिकारी इन्जिनियर बदर अल मीर, कतार ड्युटी फ्री अपरेशनका उप–सभापति थबेत मुस्लेह, डियोर पफ्र्युमका फ्रन्स्वा डेमाची, डियोर ट्राभल रिटेलका वरिष्ठ उप–सभापति ओलिभर डुबोस र डियोर मध्य पूर्वी ट्राभल रिटेलका प्रमुख निर्देशक फ्य्रान्क डघेर हेयेकजस्ता विशेष व्यक्तित्वहरु उपस्थित थिए ।
कतार एयरवेज ग्रुपका प्रमुख अधिकृत अकबर अल बकरले भने, ʽडियोर पफ्र्युम्ससँगको हाम्रो साझेदारी शुरुवातको अवसर मनाउँदै छौँ तसर्थ आजको दिन हाम्रो लागि निकै महत्वपूर्ण रहेको छ । कतार एयरवेज ग्रुपमा हामी यात्रुहरुको भ्रमणको सबैभन्दा रमणीय अनुभव यात्रा नै रहोस् भन्ने कुरा सुनिश्चित गराउने हाम्रो भूमिकालाई निकै गम्भिरतापूर्वक लिएका छौँ, जसकारण सर्वोत्कृष्ट सेवा प्रदान गर्न सधैँ प्रयासरत छौँ । आज हामीले देखिरहेको यो नयाँ र अभिनव अनुभवले दुवै डियोर पफ्र्युम्स तथा कतार एयरवेज ग्रुपको पहिचान नवप्रवर्तन, सुन्दरता तथा अद्वितीयतासँग समानार्थक रहेको कुरा स्पष्ट गर्दछ ।ʼ