कन्काई विकास बैंकको सञ्चालकमा तीन जना नियुक्त |

काठमाडौं । कन्काई विकास बैंक लिमिटेडमा तीन जना सञ्चालक नियुक्त भएका छन् । बैंकको सर्वसाधारण शेयरधनीतर्फबाट प्रेमप्रसाद सुवेदी, अनिता खत्री र मनोजकुमार प्रसाईं सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् ।
मंसिर १० गते सम्पन्न बैंकको १२औं वार्षिक साधारणसभाले कम्पनीको सञ्चालकमा उनीहरूलाई नियुक्त गरेको हो ।