अब नीलो रङमा पनि आयो सामसुङ ग्यालेक्सी ए७ |
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो ग्यालेक्सी ए७ अब नीलो रङमा पनि बजारमा प्रस्तुत गरेको छ । कम्पनीले यसको सफल प्रिबुकिङपछि आकर्षक डिजाइन, शक्तिशाली ट्रिपल क्यामेरा, आकर्षक नयाँ रङ र विशेष कार्यक्षमता भएको फोन बजारमा ल्याएको हो ।
ग्यालेक्सी ए७ उपभोक्ताहको चाहनाअनुसार तयार पारिएको छ । नेपालका अधिकांश युवायुवतीले फ्रन्ट क्यामराको तुलनामा रियर क्यामराको प्रयोग भने दुई गुणा बढी गर्ने गरेको पाइन्छ । नयाँ ग्यालेक्सी ए७ मा तीनवटा क्यामरा रहेका छन् । यस फोनमा अतिरिक्त ८ मेगापिक्सल १२० डिग्री अल्ट्रा वाइड लेन्स रहेको छ, जसले हामीले आफ्नो आँखाबाट जस्तो देख्छौं, त्यस्तै तस्वीर खिच्न सक्छौं ।
२४ मेगापिक्सल प्राइमरी तथा सेल्फी क्यामरामा भएको नयाँ प्रविधि– जसले कम उज्यालोको अवस्थामा खिचिएको तस्वीरको पहिचान गरी चार पिक्सललाई जोडी ‘सुपर पिक्सल’ मा जोडी सफा तस्वीर प्रदान गर्दछ ।
२४ मेगापिक्सल प्राइमरी क्यामराको साथ ५ मेगापिक्सल डेप्थ लेन्स, लाइभ फोकस सुविधाले डेप्थ अफ फिल्डको कन्ट्रोल गर्दछ, जसबाट पं्रयोगकर्तालाई फोटो खिच्नुभन्दा अगाडि वा फोटो खिच्दै गर्दा इन्डेप्थलाई मिलाउन सकिन्छ । ग्यालेक्सी ए७ ४जीवी र ६४ जीबीको नेपाली मूल्य ४२,९९० रहेको छ ।