६ सय ७७ स्थानीय तहमा वाणिज्य बैंक पुगे | असोज मसान्तसम्ममा १ सय ६४ वटा बैंक तथा फाइनान्स कम्पनीहरू गाभिए
काठमाडौैं । सातवटा प्रदेशका कुल ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ७७ स्थानीय तहमा वाणिज्य बैंकहरू पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकका शाखाहरू ती स्थानीय तहमा पुगेका हुन् ।
सोमध्ये प्रदेश नम्बर १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय १९ स्थानीय तहमा, प्रदेश नम्बर २ मा १ सय ३६ स्थानीय तह रहेकोमा १ सय ३१ तहमा, प्रदेश नम्बर ३ मा १ सय १९ स्थानीय तह रहेकोमा १ सय ११ तहमा, प्रदेश नम्बर ४ मा ८५ स्थानीय तह रहेकोमा ८२ तहमा, प्रदेश नम्बर ५ मा १ सय ९ स्थानीय तह रहेकोमा १ सय ७ तहमा, प्रदेश नम्बर ६ मा ७९ स्थानीय तह रहेकोमा ६२ तहमा र प्रदेश नम्बर ७ मा ८८ स्थानीय तह रहेकोमा ६५ तहमा वाणिज्य बैंकहरूका शाखाहरू पुगेका छन् ।
त्यसैगरी, राष्ट्र बैैंकले बैंक तथा फाइनान्स कम्पनीहरू गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरू गरेपश्चात् २०७५ असोज मसान्तसम्म १ सय ६४ वटा बैंक तथा फाइनान्स कम्पनीहरू मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएको जानकारी दिएको छ । यसरी सामेल हुुँदा १ सय २२ वटा बैंक तथा फाइनान्स कम्पनीहरूको अनुुमति खारेज भई ४२ वटाम सीमित रहेका छन् ।
सोही आधारमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुुल संख्या १ सय ५४ वटामा सीमित रहेको छ । राष्ट्र बैंकका अनुसार २०७५ असार मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूको संख्या एक सय ५१ वटा रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो त्रैमाससम्मा २८ वटा वाणिज्य बैंक, ३३ वटा विकास बैंक, २४ वटा फाइनान्स कम्पनी र ६६ वटा लघुवित्त संंस्थाहरू सञ्चालनमा रहेका छन् । बैंक तथा फाइनान्स कम्पनीहरूको शाखा सञ्जाल २०७५ असार मसान्तमा ६ हजार ६ सय ५१ रहेकोमा २०७५ असोज मसान्तमा ७ हजार १४ पुगेको छ ।