सामुदायिक विकास संस्था ढल्केवरको आँखा शिविर सम्पन्न |
धनुषा । जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको सामुदायिक विकास संस्था ढल्केवरले हिजो सोमवार आँखा शिविर सम्पन्न गर्यो । संस्थाको आफ्नै आयोजना र जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा ढल्केवरस्थित हेल्थपोष्टमा उक्त शिविर सम्पन्न भएको संस्थाका सचिव बाबुराम बाँस्तोलाले जानकारी दिएका हुन् ।
ज्येष्ठ नागरिक भक्तमाया शर्माको आँखा जाँच गरी शुरू भएको उक्त शिविरमा २ सय २० जनाभन्दा बढी आँखाका बिरामीले आँखा जाँच गराएका थिए । उक्त कार्यक्रममा वडाध्यक्ष भक्तबहादुर बलम्पाकी, नागरिक समाजका अगुवा व्यक्तित्वहरूलगायतको उपस्थिति रहेको थियो ।