किसान माइक्रोफाइनान्सको २९ प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद |
काठमाडौं । किसान माइक्रोफाइनान्सले २९ प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । सोही लाभांश दिनका लागि प्रस्ताव पारित गर्न माइक्रोफाइनान्सले आगामी पुस ७ गते साधारणसभा बोलाएको छ ।
कैलालीस्थित आफ्नै भवन निर्माण स्थल परिसरमा बोलाइएको साधारणसभामा माइक्रोफाइनान्सले कर प्रयोजनका लागि १.५३ प्रतिशतले हुन आउने ७ लाख ३३ हजार रुपैंयाबराबरको नगद लाभांशका साथसाथै १ करोड ३९ लाख ३४ हजार बराबरको बोनस शेयर पनि जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
उक्त बोनस शेयरपछि हुन आउने १७ करोड २० लाख चुक्ता पूँजीको बराबर हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यसो गर्दा फाइनान्सको चुक्ता पूँजी ३४ करोडभन्दा बढी पुग्नेछ ।
साधारणसभा तथा बोनस र हकप्रद शेयर प्रयोजनका लागि माइक्रोफाइनान्सले मंसिर २९ गतेका लागि बुक क्लोजको दिन तोकेको छ । उक्त हकप्रद र बोनसका लागि शेयरधनीले मंसिर २८ गतेसम्म शेयर सुरक्षित गर्नुपर्नेछ ।