रकम हिनामिना गर्ने सहकारीकी व्यवस्थापक पक्राउ | ६६ लाख रकम हिनामिना गरेको आरोप
दाङ । सहकारी संस्थाको पैसा हिनामिना गर्ने एक व्यवस्थापक प्रहरीको फन्दामा परेका छन् । प्रहरीले ६६ लाख रकम हिनामिना गरेको आरोपमा उक्त सहकारीका व्यवस्थापकलाई दाङबाट पक्रेको हो ।
राप्ती गाउँपालिका–५, सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी संस्थापक व्यवस्थापक रमिता चौधरीलाई प्रहरीले गएराति सो आरोपमा पक्राउ गरेको हो ।