खाडिचौर र पाँचखालमा एनआईसी एशियाको शाखा |
काठमाडौं । एनआईसी एशिया बैंकले दुई नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका– ७ स्थित खाडिचौर र काभ्रे जिल्लाको पाँचखाल– ४ स्थित समाज कल्याण चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
खाडिचौरस्थित शाखा कार्यालयको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्री तथा पाँचखाल शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आज उद्घाटन गरेका हुन् ।
हाल बैंकले मुलुकभर रहेका २ सय ६६ शाखा कार्यालय, २ सय ७६ एटीएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । शाखा सञ्जालको हिसाबमा सबैभन्दा ठूलो बैंक बन्न सफल यस बैंकको वासलातको आकार रू. २१० अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४३ अर्ब रहेको छ ।