एनआईसी एशियाको १९ गतेदेखि बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको आगामी मंसिर १९ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनका लागि उक्त दिनदेखि पुस ४ गतेसम्म (१५ दिन) बुक क्लोज गर्न लागेको हो ।
बैंकको २१औं वार्षिक साधारणसभा आगामी पुस ४ गते बस्दै छ । बैंकको सभा बिहान ९ बजे सानेपाको हेरिटेज गार्डेनमा बस्ने कम्पनी सञ्चालक समितिको बैठकले निर्णय गरेको छ ।
उक्त सभामा बैंकले शेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै छ । सभाले पारित गरेपश्चात् बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस र ०.५३६ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने छ ।