सूर्योदय लघुवित्तको साधारण सभा पुस ७ गते डाक्यो साधारण सभा |
काठमाडौं । सूर्योदय लघुवित्तले पुस ७ गते छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ । पूँजी वृद्धिका लागि गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४२.७५ बोनसपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद दिने निर्णय साधारण सभामा लगिने भएको छ ।
गत आर्थिक बर्षको नाफाबाट लघुवित्तले ३ करोड २३ लाख १९ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १७ लाख एक हजार नगद लाभांश प्रस्ताव गरेको छ ।
लघुवित्तको छैटौं साधारण सभामा प्रस्तावित बोनसपश्चात कायम हुने लघुवित्तको चुक्ता पूँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँको ५० प्रतिशत अर्थात ५ करोड ३९ लाख ५९ हजार ५०० रुपैयाँको हकप्रद जारी गर्ने प्रस्ताव रहेको छ ।
यो हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १६ करोड १८ लाख ७८ हजार ५०० पुग्नेछ । त्यसैगरि लघुवित्तले साधारण सभामा पूँजी संरचना परिवर्तन गरी जारी पूँजीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहको शेयर स्वामित्व कायम गर्ने प्रस्ताव गरेको छ ।
साधारण सभा प्रयोजनका लागि लघुवित्तले मंसिर २४ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । यसअनुसार मंसिर २३ गते आइतबारसम्म कायम रहने शेयरधनीले लाभांश प्राप्त गर्नुका सार्थ साधारण सभामा सहभागि हुन पाउनेछन् ।
लघुवित्तको छैठौँ बार्षिक साधारण सभा पुस ७ गते शनिबार बिहान ८ बजे पुतलीबजार नगरपालिका वडा नं १ मा रहेको जिल्ला समितिको सभाहलमा आह्वान गरिएको छ ।
चालु आर्थिक बर्षको प्रथम त्रैमासमा लघुवित्तको लघुवित्तको चुक्ता पूँजी १० करोड ७९ लाख रुपैयाँ छ । उसले प्रथम त्रैमासमा ५५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी २० रुपैयाँ ५५ पैसा कायम गरेको छ ।