जेसीबीद्वारा ‘सीआईआई कन्म्याक २०१८’ मा ४ थरीका विश्वस्तरीय सामग्रीहरू सार्वजनिक | काठमाडौंको डिलरसिप भवन उद्घाटन
काठमाडौं । निर्माण सम्बन्धि उपकरण निर्माण गर्ने बिश्वकै अग्रणी कम्पनी जेसीबीले नेपालमा ‘सिआइआई कन्म्याक २०१८’ मा बिभिन्न उपकरणहरु प्रदर्शीत गरेको छ । प्रदर्शन गरिएका ती विश्वस्तरीय तथा उच्च प्रावधिकयुक्त मिशिनहरुले नेपालमा पुर्वाधार निमार्ण सामाग्रीहरुको बढ्दो माग पुरा गर्ने कम्पनीले बिश्वास लिएको छ ।
यसका साथै जेसीबीले एमएडब्लू भुमी उत्खन्नन मेसिनको नयाँ डिलरसिप भवन पनि उद्घाटन गरेको छ । ३०,००० वर्ग फुटमा फैलिएको यो भवनले नेपालमा लगानी गर्ने जेसीबीको प्रतिबद्धतालाई अझै बलियो बनाउने कम्पनीद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिक्री, सेवा तथा पार्टसहरु एउटै स्थानमा उपलब्ध गराउने एमएडब्लूको उद्देश्यले ग्राहकहरुलाई थप उर्जा प्रदान गर्नेछ । देशभर रहेका आफ्ना २८ शाखाका साथै एमएडब्लूले ३५० भन्दा धेरै व्यक्तिहरुलाई रोजगारका साथै प्रशिक्षण पनि प्रदान गर्दैै आइरहेको छ ।
जेसीबीले आफ्नो उपकरण तथा मेशिनहरुमा डिजिटल टेक्नोलोजी प्रणाली तथा ʽइण्टरनेट अफ थिङ्सʼ को माध्यमबाट यसको उन्नत टेलिम्याटिक्स टेक्नोलोजी लाइभलिंक सुविधा उपलब्ध गराएको छ । लाइभलिंक जेसीबीद्वारा स्थापित यस्तो टेलिम्याटिक्स टेक्नोलोजी हो जसले ग्राहकहरुलाई सेवा, संचालन तथा सुरक्षाका प्यारामिटरहरुमा टाढा टाढाका मेशिनहरु कन्ट्रोल गर्न सहायता गर्दछ ।
वर्तमानमा लाइभलिंक सुविधा रहेका ३५० वटा जेसीबीका मिशिनहरुले सफलतापूर्वक संचालन भइरहेका छन् । यो टेक्नोलोजी जेसीबीका उत्पादनहरुको उत्कृष्ट उपलब्धी हो ।
यस अवसरमा जेसीबी इन्डिया लिमिटेडका प्रवन्ध निर्देशक तथा सिईओ विपिन सोन्धीले भने, ʽनेपालमा भर्खरै सम्पन्न भएको निर्माण उपकरण सम्बन्धि सामाग्रीहरुको पहिलो प्रदर्शनी कन्म्याकमा भाग लिन पाउँदा हामी निकै उत्साहित छौं । नेपाल सधैं जेसीबीको लागि एक अभिन्न अवसर भएको छ र हामी उक्त एमएडब्लू भुमी उत्खन्नन मेसिनको नयाँ डिलरसिप भवनको उद्घाटनको मार्फत विश्वस्तरीय तथा उच्च प्रावधिकयुक्त सामाग्रीहरु प्रदान गर्ने प्रतिबद्धता गर्दछौं । एमएडब्लूले उक्त मेशिनहरु संचालन गर्न आवश्यक सुरक्षित प्रशिक्षण तथा तालिम आफ्नो अपरेटर प्रशिक्षण केन्द्रबाट प्रदान गर्दै आइरहेको छ ।ʼ कन्म्याक २०१८ मा जेसीबीले प्रदर्शन गरेको ११ विश्वव्यापी उत्पादनहरू मध्ये ४ वटा नयाँ छन् । जेसीबी विश्वमै पहिलो स्वचालित मेनुअल ट्रान्समिसन (जसलाई ब्याक–हो लोडर ʽइजी सिफ्टʼ पनि भनिन्छ ) निमार्ण गर्ने निर्माता हो । यसले स्वचालित रूपमा गियर लीभरको प्रतिस्थापन गर्न तथा गियर लिनको लागी स्टीयरिंग व्हील तल घुमाउने सजिलो बनाउनका साथै ओपरेटरलाइ उक्त मेशिन संचालन गर्न सजिलो बनाउँछ ।
उक्त मेशिनमा राखिएको नयाँ इकोएक्सीलेन्स ब्याक–हो लोडर जसमा ३० नयाँ अभिन्न सुविधाहरु राखिएको छ । यसमा १५ उद्योग पहिलो, र विश्वको पाँचौ पहिलोः जस्तै स्वचालित मेनुअल ट्रान्समिसन एसओएस स्विच, इकोनोमी तथा पावर मोड, मलाई गाइड गर्नुहोस्, स्मार्ट एपलगायतका सुबिधाहरु छन् ।
यसबाहेक जेसीबीले थ्रीडीएक्स वीथ टु ह्वील ड्राइभ पनि बजारमा ल्याएको छ । जसमा फोर ह्वील्ड सेटअपको आवश्यकता पर्दैन । जेसीबी सँग नेपालका ठूला ट्रयाक्ड एस्क्याभेटरहरू जेसीबी २१५एलसी (२१.५ टन) र जेसीबी ३८० एलसी एक्स्ट्रा (३८ टन) रहेका छन् । जुसलाई कन्म्याक २०१८ मा नेपालमा सार्वजनिक गरिएको छ ।
१९४५ मा स्थापना भएको जेसीबीसँग २२ कारखाना छन् । जसमा ५ दक्षिण एशियाको भारतमा रहेको छ । यस कारखानाद्वारा उत्पादन भएका सामानहरु संसार भरिनै एक गुणस्तरको रहेको छ र ९५ देशहरुमा निर्यात हुन्छन । जेसीबीले ३०० भन्दा बढि उत्पादन गर्दछ र १५० देशहरुमा संचालन भईरहेको छ । दक्षिण एशियामा जेसीबीको ६५ डिलर र ६५० आउटलेटहरु छन । जसले गर्दा उत्पादित समानहरु व्यवसायिक ढंगले आफ्ना ग्राहकहरुलाई मद्दत पुर्याइरहेको छ ।
सार्वजनिक गरिएका ४ नयाँ मेसिन
जेसीबी ३८० एलसी एक्स्ट्रा (३८ टन) एस्क्याभेटर
जेसीबी २१५एलसी (२१.५ टन) एस्क्याभेटर
थ्रीडीएक्स एक्स्ट्रा ब्याक–हो लोडर
थ्रीडीएक्स वीथ टु ह्वील ड्राइभ