सिद्धार्थ बैंकले ऋणपत्र निष्कासन गर्ने, ७ वर्षका लागि साढे १० प्रतिशतमा ऋणपत्र खरिद गर्न सकिने |
काठमाडौं । सिद्धार्थ बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले सो प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डबाट दुई अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने स्वीकृति पाएको छ ।
बैंकले १०.५ प्रतिशतमा ७ वर्षका लागि एसविएल डिवेन्चर २०८२ निष्कासन गर्ने अनुमति प्राप्त गरेको छ । बैंकले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्ती गरेको छ ।
बैंकले प्रति डिवेन्चर १००० हजार रुपैयाँको दरमा ४ लाख ५० हजार इकाई सर्वसाधारणको लागि र १८ लाख इकाई निजी क्षेत्रका लागि निष्कासन गर्नेछ ।
बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ अनुसार इक्रा एनपि ट्रिपल बि प्लसु प्राप्त गरेको छ । यसले मध्यम किसिमको सुरक्षा रहेको संकेत गर्ने क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।