देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी ‘सीआईआई कनम्याक २०१८’ सम्पन्न | नेपालको पूर्वाधार विकासमा नयाँ आधारस्तम्भ स्थापना

काठमाडौं । पूर्वाधार क्षेत्रको विकासमा नयाँ आधारस्तम्भ खडागर्दै देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी ‘सिआइआई कन्म्याक २०१८’ शनिबार सम्पन्न भएको छ । नेपालको पुर्वाधार निर्माण क्षेत्रको आधारस्तम्भ सावित भएको तीन दिने सो प्रदर्शनीको ६००० भन्दा बढी ब्यवसायीक साझेदारहरुले अवलोकन गरे ।
यो प्रदर्शनीले नेपालमा प्रदर्शनीको स्तरको लागि उत्कृष्टता र व्यावसायिकताको पक्षमा नयाँ आधार खडा गरेको प्रदर्शनमा सहभागी ब्यवसायीहरुले बताए । यो प्रदर्शनीले नेपालको निर्माण क्षेत्र र खासगरी पूर्वाधार विकाससको लागि अतुलनिय योगदान दिएको छ । मुलुकको तिव्र विकासमा योगदानगर्न यो प्रदर्शनी सहयोगी वनेको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यो प्रदर्शनी ‘सिआइआई कन्म्याक २०१८’ को उद्घाटन गरेका थिए । यो प्रदर्शनीले मुलुकको निर्माण क्षेत्र र निर्माण ब्यवसायीलाई मात्र नभई सिङगो मुलुकको अर्थतन्त्रमा नै सकारात्क प्रभाव पारेको छ ।
नेपालकै सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनीकोरुपमा सम्पन्न सो प्रदर्शनीले नेपालको पुर्वाधार क्षेत्रको विकास र नविनतम प्रविधिको ब्यवस्थापनकालागि मार्गदर्शक बनेको आयोजक संस्था सिआईआईले जनाएको छ । नेपालमा भौतिक पुर्वाधारको क्षेत्रमा अझै धेरै कामगर्न वाँकी रहेकोले यस्ता किसिमका प्रदर्शनी आगामी बर्ष अझ बिशिषेरुपमा आयोजना गरिने आयोजनले जनाएको छ ।
कन्म्याक नेपाल २०१८ का अध्यक्ष अरविन्द के गर्गले तीन दिने प्रदर्शनी निकै फलदायी भनेको र आगामी दिनमा पनि नेपालमा यस्तो किमिसको प्रदर्शनीगर्न थप प्रेरणा मिलेको बताए । समृद्ध नेपालको निर्माणकालागि यहाँ पुर्वाधार विकासकालागि सडक, पुल, विद्यूत जस्ता क्षेत्रको विकासकालागि यो प्रदर्शनीको माध्यमवाट ठूलो सहयोग पुगेको उनको भनाई छ ।
भारतीय उद्योग संघ (सीआईआई) को अयाोजनामा सल्हाघारी ओपन ग्राउण्ड, भक्तपुरमा २२ देखि २४ नोभेम्वर २०१८ सम्म भएको यो प्रदर्शनी नेपालकै सवैभन्दा ठूलो प्रदर्शनी हो । यो प्रदर्शनी नेपालको पुर्वाधार क्षेत्रलाई सुढृढ वनाउन सफल भएको छ । प्रदर्शनीले नेपालको तिव्र विकास र आधाुनिक प्रविधिको प्रयोगमा जोड दिन सफल भएको छ ।