सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत |

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ६ लाख ११ हजार ३०४ कित्ता शेयर हिजो शुक्रवार नेप्सेमा सूचिकृत भएको हो ।
काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको शेयर प्रतिकित्ता १ सय ४२ रुपैयाँमा किनबेच भएको छ ।