नेपालबाट फेसबुकले वार्षिक १३ अर्ब लैजान्छ, विश्वभरबाट ६० खर्ब ७० अर्ब |
काठमाडौं । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्। । विज्ञापन तथा व्यवस्थापन प्रर्वद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन हुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ ।
सबैभन्दा ठूलो सामाजि सञ्जाल फेसबुक इनले आफ्ना उत्पादन फेसबुक, हवाट्एप, इन्सटाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासिफिक क्षेत्रबाट प्रयोगकतर्ता ८ दशमलव ९२ डलर आम्दानी गरेको थियो । यस वर्ष ९ दशमलव ९१ डलर आम्दानी गर्ने अनुमान छ । एसिया प्यासेफिक क्षेत्रको औसत मान्दा एक करोड १० लाख नेपाली प्रयोगकर्ताबाट फेसबुकले यस वर्ष १२ अर्ब ७२ करोड रुपैया लगेको छ ।
विज्ञापन तथा व्यवसाय प्रवद्र्धनका नाममा समाजिक सञ्जालले ठूलो परिणाममा नाफा कमाइरहेको भएपनि नियमन नहुँदा राज्यले करोडौं रुपैयाँ राजस्व गुमाइरहेको छ ।
सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक इन्कले आफ्ना उत्पादन फेसबुक, ह्वाट्सएप, इन्ट्राग्राम र म्याजेन्जरबाट सन २०१७ मा एसिया प्यासिफिक क्षेत्रबाट प्रयोगकर्ता ८.९२ आम्दानी गरेको छ ।
यही हिसाबले यस वर्ष फेसबुकले ६० खर्ब ७० अर्ब रकम कमाई गरेको समाचार रहेको छ । विश्वभर फेसवुब प्रयोगकर्ता २ अर्ब २७ करोड रहेका छन् । यी प्रयोगकर्ताबाट भएको आम्दानी ६० खर्ब ७० अर्ब हो ।
अमेरिका क्यानडाबाट २८ खर्ब ९९ अर्ब, एसिया प्रशान्तबाट १० खर्ब ६४ अर्ब नेपालबाट १ करोढ १० लाख प्रयोगकर्ताबाट मात्रै १२ अर्ब ७५ करोड रुपोयँ लैजाने गरेको छ । युरोपबाट १५ खर्ब ५ अर्ब र बाँकी विश्वका मुलुकबाट ५ अर्ब ६९ अर्ब आम्दानी गर्ने गरेको छ ।
नयाँ पत्रिका दैनिबाट ।