सिभिल क्यापिटलको साधारण सभा मंसिर २८ गते, ८.२४ प्रतिशत लाभांश पारित हुँदै |
काठमाडौं । सिभिल क्यापिटल मार्केटले लाभांश प्रस्तावको साथै अन्य प्रस्तावहरु पारित गर्न मंसिर २८ गते शुक्रबार क्यापिटलको १० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यापिटलले कम्पनीले बिहान १० बजे सिटिसी मल सुन्धारा, काठमाडौं साधारण सभा डाकेको हो ।
दशौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८.२४ प्रतिशत अर्थात एक करोड १० लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।
यस्तै वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, लेखापरिक्षकको प्रतिवेदन माथि छलफल गरी वित्तीय विवरणहरु पारित गर्नेछ ।साधारण सभाले लेखा परिक्षकको नियुक्त गरी निजको पारिश्रमित तोक्ने तयारी पनि गरेको छ । यस्तै नियमावलीको नियम २७९२० मा आवश्यक संशोधन गर्नछ । सिभिल क्यापिटल सिभिल बैंकको सहायक कम्पनी हो ।