साना किसान विकास बैंकले दिने भयो २५ प्रतिशत बोनस |
काठमाडौं । साना किसान बिकास बैंले गत वर्षको कमाईबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१ प्रतिशन नगदन लाभांश प्रस्ताव गरेको छ । मंसिर ७ गते शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
बैंकले गत वर्ष पनि शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चात लघुवित्त विकास बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
६२ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको विकास बैंकको प्रस्तावित २५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ७८ करोड ६० लाख ३४ हजार ९११ रुपैयाँ पुग्नेछ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा साना किसानले १२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा लघुवित्तको खुद नाफा ४ करोड ४ लाख रुपैयाँले धेरै हो ।
विकास बैंकको प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ ३७२ रुपैयाँ ७८ पैसा र मूल्य आम्दानी अनुपात १३.८७ गुणाले बढी छ ।