अरुण भ्याली हाइड्रोपावरले सतप्रतिशत हकप्रद ल्याउने |
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव एक्काइसौं वार्षिक साधारण सभामा लादैछ । कम्पनीको साधारण सभा मंसिर २८ गते हुने भएको छ । त्यसका लागि धितोपत्र बोर्ड तथा अन्य संस्थाहरुमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
यसअघि अरुणले अरुण भ्यालीले एफपीओ ल्याउने जनाएको थियो । तर कम्पनीले तत्काललाई एफपीओ स्थगन गरेर हकप्रद जारी गर्ने भएको छ । त्यस्तै, कम्पनीले निर्माण गर्न लागेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना ९९.९४० मेगावाटका लागि ऋण स्वीकृत गर्ने एजेन्डा पनि रहेको छ ।
सभा मैत्रीहल पाँचौं तल्ला, इन्द्रेणी फूडल्याण्ड नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । सभामा हाल कायम रहेको अधिकृत र जारी पुँजी १ अर्ब ५० करोबाट बढाएर २ अर्ब ५० करोड पुर्याउने प्रस्ताव पनि लगिदैछ । हकप्रद पश्चात कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी बृद्धि हुने हुँदा सोही अनुरुप कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।
कम्पनीको आर्थिक वर्ष २०७४⁄७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५⁄७६ का लागि लेखापरीक्षक नियुक्ति पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा समेत रहनेछ । साधारण सभा प्रयोजनका लागि मंसिर १९ गते बुक क्लोज हुनेछ ।
हाल यस कम्पनीको सेयर पुँजी ९३ करोड ३० लाख १२ हजार ३०० रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अरुणले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।