मंसिर ३ र ६ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक |
काठमाडौं । गतसाता बसेको दुई वटा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । मंसिर ३ र ६ गते बसेको बैठकले केही आर्थिक र धेरै राजनीतिक निर्णहरू गरेको सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले पत्रकार सम्मेलन मार्फत बिहिबार जानकारी दिएका छन् ।
मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णयहरु यस्ता छनː
- विद्दुत प्रणाली विस्तार आयोजनाका बाँकी काम सम्पन्न गर्न एशियाली विकास बैंकले प्रदान गर्ने २० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने ।
- अर्बान वाटर सप्लाई तथा स्यालिटेसन प्रोजेक्टका लागि १३० मिलियन डलर बराबर ऋण स्वीकार गर्ने ।
- प्रत्येक स्थानीय तहमा स्थानीय तह मातहत रही काम गर्नेगरी एक हजार रोजगार सेवा केन्द्र स्थापना गर्ने ।
- नेपाल दुर सञ्चार कम्पनी लिमिटेडकाृ प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका दोस्रो संसोधन स्वीकृत गर्ने ।
- राष्ट्रिय उर्जा दक्षता रणनीति २०७५ स्वीकृत गरिएको छ ।
- सर्वोच्च अलालत र माताहतका निकायहरूको संगठन संरचना र दरबन्दी सम्बन्धी संघीय मामिला तथा सामान्य मन्त्रालयले पेश गरेको प्रस्ताव स्वीकृत गरिएको छ ।
- राष्ट्र सेवक कर्मचारीको साविक जीवन बस्मा सञ्चालन कार्यविधि,२०७५ स्वीकृत गरिएको छ ।
- गरिबी निवारण कोषको उपाध्यक्षमा निर्मलकुमार भट्टराई,तेह्रथुमलाई मनोनयन गरिएको छ ।
- नेपालमा बिद्युतीय व्यापारको बिकास र उपयोगका लागि राष्ट्रिय रणनीति तर्जुमा गर्न उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने ।
- सिन्धुपाल्चोक जिल्लाको मांखा र राम्चेबीचको जुरेमा २०७१ श्रावण १७ गते गएको पहिरोबाट पीडित परिवारकालागि नेपाल बैंक लिमिटेड चौतारा शाखामा संकलित राहत रकम वितरणका लागि फुकुवा गर्ने ।
- समपुरक अनुदान सम्वन्धि कार्यविधि २०७५ र बिशेष अनुदान सम्वन्धिकार्यबिधि २०७५ स्वीकृत गर्ने ।