एमजी मोटरद्वारा नेपाली बजारमा इलेक्ट्रिक जेडएस गाडी सार्वजनिक |

काठमाडौं । एमजी मोटरले अन्तरराष्ट्रिय बाजारमा आफ्नो नयाँ मोडेल ईजेएस (इलेक्ट्रिक जेडएस) को लन्च गर्ने पहिलो ब्रिटिश ब्रान्ड बनेको छ । यो इलेक्ट्रिक गाडी ४२८ किलोमिटर (किमि) को यात्रा गर्नको लागि चिनिन्छ । यसमा तिब्र चार्जिङ्गको सुविधा रहेको छ ।
एमजी एक प्रसिद्ध ब्रिटिश ब्रान्ड हो । जसले हालै काठमाडौंको नक्सालमा आफ्नो अधिकृत शोरूम खोलेको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अर्को वर्ष देखि इलेक्ट्रिक मोडेलका गाडिको विक्री गर्नेछ ।

इलेक्ट्रिक जेडएसमा गाडिका अगाडिका पाङग्राहरू चलाउनका लागि एक एकल इलेक्ट्रिक मोटर रहेको छ । जसले १४८ बीएचपी र ३५० एनएम उत्पादन गर्दछ । ३.१ सेकेन्डमा ०.३१ एमपीएचका माध्यमले ४ .३ मिटर लामो दुरी पार गर्न सकिन्छ । यसको ८० प्रतिशत सम्मको चार्ज ३० मिनेटमा नै गर्न सकिन्छ । ईजेडएसे भित्र जेडएस स्तरको प्यानोरामिक सनरूफ र नेभिगेसनका साथ एक ठूलो टच स्क्रीन इन्फोटेन्मेंट प्रणाली रहेको छ ।
एमजी इतिहास ९० वर्षभन्दा पुरानो रहेको छ । पछिल्लो केहि वर्षहरुमा, एमजीले एक बलियो आधार बनाएको छ । कम्पनीले विश्वभरी एमजी ब्रान्ड पुर्याउने उद्देश्य राखेको छ । यसको ५ वटा उत्पादन केन्द्रहरु विभिन्न महादिपमा छन् । थाइल्याण्डमा यसको निर्माण संयंत्रले उच्चतम गुण भएको ओटोमोबाइल्स निर्माण गर्नको लागि सबैभन्दा उच्च श्रेणीको टेक्नोलोजीको प्रयोग गरेको छ । भारतमा यसको उत्पादन सुविधा सन् २०१९ को पहिलो क्वार्टरमा सुरु हुनेछ । जसले दक्षिणपूर्व एशियामा यसको व्यापक फैलिएको सन्जाल विस्तारलाई नयाँ उचाइमा विस्तार गर्न सकिने बताइएको छ ।