विल्डिङ कन्स्ट्रक्सन एक्स्पो शुरु |

काठमाडौं । भृकुटीमण्डपमा बिल्डिङ कन्सट्रक्सन एक्स्पो शुरु भएको छ । युथ कम्यिुनिटी फर नेप्लिज कम्युनिटीले ४ दिने एक्स्पोको आयोजना गरेको हो । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले एक्स्पोको उद्घाटन गरेका छन् । एक्स्पोमा घर तथा भवन निर्माणका लागि चाहिने सबै खालका निर्माण सामाग्रीहरु राखिएका छन्।
एक्स्पोमा घर बनाउन चाहने व्यक्तिका लागि सबै प्रकारका परामर्श तथा निर्माण सामाग्री पाइने नेपाल इन्जिनियरिङ एशोसियसनका कार्यकारीणी सदस्य इन्जिनिएर होमनाथ पोखरेलले बताए ।
भुकम्पपछि भुकम्प प्रतिरोधी घर र सुरक्षित घर बनाउनकालागि सर्वसाधरणलाई जानकारी दिने उदेश्यले गत बर्षबाट एक्स्पो सुरु गरिएको हो । घर तथा भवन बनाउन चाहानेहरुका लागि यी पछिल्लो समय विकास नयाँ टेक्नोलोजीबारे जानकारी गराउने उदेश्यले एक्स्पो आयोजना गरिएको आयोजकको भनाई छ । चार दिनसम्म चल्ने एक्स्पोमा ५० देखि ६० हजारले अवलोकन गर्ने आयोजकको दाबी छ । एक्स्पोमा ६० भन्दा बढी कम्पनीले आफ्ना स्टलहरु राखेका छन्। ।