निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी ʽकनम्याक–२०१८ʼ शुरु | पूर्वाधार विकासको काम तिब्ररुपमा अगाडि बढ्छː मन्त्री महासेठ

काठमाडौं । भक्तपुरको सल्लाघारीमा भारतीय निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी ʽकनम्याक–२०१८ʼ शुरु भएको छ । प्रदर्शनी आगामी मंसिर ८ गते सम्म चल्ने छ । भारतीय उद्योग परिसंघले आयोजना गरेको प्रदर्शनीमा भारतका १ सय ५० भन्दा बढी कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरुको प्रदर्शनी गरेका छन् । सो प्रदर्शनीमा जेसीबी, एल एन्ड टी, हुन्डाई, क्याटरपिलर, टाटा हिटाची जस्ता ठूला कम्पनीहरुको पनि सहभागिता रहेको छ ।

सो प्रदर्शनीको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले देश विकासमा निर्माण उपकरणहरुको महत्वपूर्ण भूमिका भएको बताए । ʽतीन तहको बजेट तथा निती निर्माणको काम सकियो, अब पूर्वाधार विकासले तिब्रता पाँउछʼ मन्त्री महासेठले भने, ʽअबको साढे ४ वर्षमा ६ देखि ८ हजार किलोमिटर (किमि) सडक पिच गर्छौ ।ʼ त्यस्तै अबको साढे ४ वर्षमा २८ सय किमि रेल्बेको डीपीआर तयार गरेर १ हजार किमिमा रेल संचालन गर्ने सरकारको लक्ष्य रहेको महासेठले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारतभन्दा बाहिर पहिलो पटक नेपालमा कनम्याक प्रदर्शनी हुन गई रहेको बताउदै यसबाट नेपालले प्रसस्त लाभ लिने बताए । कार्यक्रममा बोल्दै भक्तपुरका सांसद तथा पूर्व मन्त्री महेस बस्नेतले नेपालमा लगानी गर्न अनुकुल वाताबरण रहेको बताए । राजनैतिक स्थीरता पछि नेपाल विकासको सहि दिशामा अगाढि बढेको बताउदै बस्नेतले भने अत्याधुनिक निर्माण उपकरणको प्रदर्शनीले नेपालकोृ विकासमा सघाउने छ । साथै उनले भारतिय निर्माण उपकरण व्यवसायीहरुलाई पीपीपी मोडलमा भक्तपुरमा पदर्शनी हल बनाउन आह्वान समेत गरे । यसका लागि २ सय रोपनी जग्गा सरकारले उपलब्ध गराउने उनको भनाई थियो ।

कनम्याक नेपाल २०१८ तथा आईसीईएमएका अध्यक्ष अरबिन्द कुमार गर्गले नेपालमा पूर्वाधार विकासको कामले गति लिएको भन्दै यसका लागि यो पदर्शनी सहयोगी हुने बताए । यो प्रदर्शनी सम्भवत नेपालको सबैभन्दा ठूलो निर्माण उपकरणसम्बन्धी प्रदर्शनी हुने बताइएको छ । यस प्रर्दशनीले नेपाल र भारतबीचको औद्योगिक र व्यापारिक सहकार्यलाई थप प्रगाढ गर्दै दुई देशका उद्योगहरुलाई जोडने अपेक्षा गरिएको छ । यो प्रदर्शनीको ६ हजार भन्दा बढी व्यापारीहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।भारत सरकारको सहभागितामा आयोजना हुने सीआईआई कन्म्याक २०१८ नेपालको पुर्वाधार क्षेत्रको तिव्र विकासकालागि ठूलो अवसर हुनेछ । यस्तो प्रकारको प्रदर्शनीलाई विश्वस्तरको निर्माण उपकरण सामाग्रिहरु एकै स्थानमा प्रदर्शीत गर्ने एउटा वलियो प्लेटफर्मको रुपमा लिइएको छ । नेपालले कुशल जनशक्तिको ठूलो कमी सामना गरिरहेको अवस्थामा यो प्रदर्शनीले निर्माण ब्यवसायीलाई हाल अन्तरराष्ट्रियस्तरमा उपलब्ध उत्कृष्ट उपकरण तथा प्रविधिको जानकारी दिई सहयोग पुर्याउने र निर्माण क्षेत्रको क्षमतामा अभिवृद्धि
गर्ने उद्धेश्य लिएको छ ।
