दुगड ब्रदर्सले शुरु गर्यो एमकेजी ब्राण्डको बिक्री | ५ किसिमका निर्माण उपकरण बिक्री गर्दै
काठमाडौं । भारतको सुप्रसिद्ध व्यवसायी घराना रजत ग्रुप अफ कम्पनीज अन्तर्गतको निर्माण उपकरण एमकेजी ब्राण्डको बिक्री वितरण दुगड ब्रदर्स एण्ड सन्स् प्रालिले गर्ने भएको छ । आधिकारिक बिक्रेता भए लगतै अब दुगड ब्रदर्सले स्मार्ट प्रबिधिबाट छिटो र गुणस्तरीय ढङ्गले निर्माण कार्यलाई अगाडी बढाउँदै लैजाने प्रतिवद्धता जनाएको छ ।
नेपालका लागि प्रतिष्ठित औधोगिक तथा व्यापारीक घराना एमभी दुगड अन्तर्गतको दुगड ब्रदर्सले नेपालमा ५ किसिमका निर्माण उपकरणको विक्री शुरु गरेको हो । कम्पनीले कङक्रीट उपकरण, स्टिल बेन्डिङ्ग र कटिङ्ग मसिन, पेसेन्जर कम मेटरियल एलिभेटर, रोलर तथा लाईट उपकरण तर्फ कङक्रीट भाइब्रेटर, ट्रावेल, स्याण्ड स्क्रिनिङ्ग मेसिन नेपाली बजारमा ल्याएको छ ।
मंसिर ६ देखि ८ गतेसम्म भक्तपुरमा संचालन हुने ३ दिने कनम्याक नेपाल २०१८ को पहिलो दिन एमकेजी ब्राण्ड सार्वजनिक गरिएको हो । ह्याङ्गर बीबी २१८ स्टलमा भएको कार्यक्रममा एम्।भी दुगडका कार्यकारी अध्यक्ष मोतिलाल दुगड, एमकेजी भारतका उपाध्यक्ष रबिन्द्र बङ्गार र एमकेजी नेपालका हेड अफ अपरेशन शम्भु कर्नले संयूक्त रुपमा उक्त ब्राण्ड सार्वजनिक गरेका हुन । एमभी दुगडले ३४ वटा शाखाहरुबाट एमकेजीको विक्री वितरण शुरु गरेको छ ।
५ किसिमका निर्माण उपकरण
- कङक्रिट उपकरण
- स्टिल बेन्डिङ्ग र कटिङ्ग मसिन
- पेसेन्जर कम मेटरियल एलिभेटर
- रोलर
- लाईट उपकरण तर्पm कङ्कृट भाइब्रेटर, ट्रावेल, स्याण्ड स्क्रिनिङ्ग मेसिन