एनआईसी एशिया बैंकको ऋणपत्र र सिद्धार्थ इन्स्योरेन्सको हकप्रद नेप्सेमा सूचिकृत |
काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र र सिद्धार्थ इन्स्योरेन्सको हकप्रद शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले बुधवार ती कम्पनीको ऋणपत्र र हकप्रद शेयर सूचिकृत गरेको हो ।
सिद्धार्थ इन्स्योरेन्सको २२ लाख ४४ हजार ९ सय ७३ कित्ता हकप्रद शेयर नेप्सेमा थपिएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको १ करोड ८३ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ ।