किसान माइक्रोफाइनान्सको ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित | बुक क्लोज मंसिर २९ गते, लाभांश वितरणपछि चुक्ता पूँजी ९ करोड २८ लाख रुपैयाँ नाघ्ने
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको हालै सम्पन्न सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
संस्थाले हालको चुक्ता पूँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी पुस ५ गते बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण गरिने कम्पनीले बताएको छ । साधारणसभाका लागि मंसिर २९ गते संस्थाको बुक क्लोज हुने भएको छ ।
हाल संस्थाको चुक्ता पूँजी ७ करोड २० लाख रुपैयाँ रहेको छ भने २९ प्रतिशत बोनसपछि चुक्ता पूँजी ९ करोड २८ लाख रुपैयाँ नाघ्ने छ । हिजो बुधवार संस्थाको शेयर मूल्य प्रतिकित्ता ११८५ रुपैयाँ रहेको छ ।