ग्लोबल आईएमई बैंकको नेपालको कर प्रणाली र डिजिटल बैंकिङसम्बन्धी साक्षरता कार्यक्रम |
काठमाडौं । ग्लोबल आईएमई बैंकले गत मंगलवार गोंगबु क्षेत्रमा क्रियाशील होटल व्यवसायीहरूकोे सहकार्यमा नेपालको कर प्रणाली तथा डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । बैंकले नेपालको कर क्षेत्र र नेपालको डिजिटल बैंकिङ क्षेत्रमा देखा परेका विभिन्न आयामहरूका बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको बताएको छ ।
कार्यक्रममा नेपालको कर क्षेत्रमा प्रशिक्षक तथा सल्लाहकारको रूपमा काम गर्दै आएका चार्टर्ड एकाउटेन्ट शेषमणि दाहालले नेपालको कर प्रणलीका विषयमा व्यवसायीहरूलाई प्रशिक्षण दिएका थिए । सोही विषयमा त्यहाँ उपस्थित होटल व्यवसायीहरूबीच केही बेर अन्तरक्रियासमेत गराइएको थियो ।
कार्यक्रममा नेपालको डिजिटल बैंकिङ क्षेत्रमा देखा परेका नयाँनयाँ आयमहरूका बारेमा ग्लोबल आईएमई बैंकका सूचना प्रविधि विभाग प्रमुख अनिल जोशीले जानकारी गराएका थिए ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा र हित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३२ वटा शाखा, १५ वटा राजस्व संकलन काउण्टर, १४० एटीएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा १०४ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधिसम्पर्क कार्यालयमार्पmत आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।