ओपोद्वारा एथ्रीएसको नयाँ मूल्य घोषणा | नयाँ मूल्य २४ हजार ५ सय ९० मात्र
काठमाडौं । सेल्फी एक्स्पर्ट ओपोले आफ्नो लोकप्रिय स्मार्टफोन एथ्रीएस (थ्रीजीबी) को मूल्य १ हजार ९ सय रुपैयाँ घटाएको छ । यसै बर्षको सेप्टेम्बरमा २६ हजार ४ सय ९० रुपैयाँ मूल्यमा उक्त फोन सार्वजनिक गरिएको थियो । सुपर फुलस्क्रिन सहित सार्वजनिक गरिएको एथ्रीएस, ए सिरिज अन्तर्गतकै पहिलो फोन हो । कम्पनीले १६ नोवेम्बरदेखि नै एथ्रीएसका लागि नयाँ मूल्य लागू गरिसकेको छ ।
एथ्रीएस दक्षिण एसियामै १३+२ एमपी डुअल रियर क्यामेरा सहित सार्वजनिक गरिएको ओपोको पहिलो उपकरण हो । फोनको १३ एमपी क्यामेरामा एफ २.२ एपर्चर तथा २ एमपी क्यामेरामा एफ २.४ एपर्चर (सेन्सर एलईडी फ्ल्याश सहित) उपलब्ध छ । सेल्फी तथा भिडियो च्याटका लागि एआई ब्यूटी प्रविधि तथा एफ २.२ एपर्चर सहितको ८ एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ । ३ जीबी ¥याम र ३२ जीबी सञ्चय क्षमता, क्वालकम स्न्यापड्रागन ४५० ओक्टा कोर प्रोशेसर र ४२३० एमएएच ब्याट्री जडित नव प्रबर्तनात्मक फिचर्स एथ्रीएसमा राखिएको छ ।
एथ्रीएसको वजन जम्मा १ सय ६८ ग्राम रहेको छ । फोनको सेन्सर अनबोर्डमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, जी सेन्सर र एक्सेलेरोमिटर लगायत सुविधा जडित छन् ।
ओपोले एथ्रीएस मार्फत नयाँ बिशेषताहरुमा म्यूजिक पार्टी पनि उपलब्ध गराएको छ । यसको माध्यमबाट साथीहरु ीबच हटस्पट मार्फत आ–आफ्नै स्मार्टफोनमा एउटै ट्रयाकको मज्जालिन सक्ने छन् । यो स्पिकरको प्रयोग गर्न नसकिने स्थानमा म्यूजिक पार्टी, संगीतको मज्जालिन एउटा सटिक माध्यमका रुपमा स्थापित हुन सक्छ । यसको प्रयोगका लागि कलर ओएस ५.१ व माथिल्ला ओएस भर्जन हुनु आवश्यक छ ।