सानिमा बैंकले बोलायो मंसिर २७ मा साधारणसभा, १४ प्रतिशत नगद लाभांशको प्रस्ताव लगिदै |
काठमाडौं । सानिमा बैंकले आगामी मंसिर २७ गते साधारणसभा डाकेको छ । साथै बैंकले साधारणसभाका लागि बुक क्लोज मिति पनि तय गरेको छ । बैंकको मंसिर ४ गते बसेको संचालक समिति बैठकले उक्त निर्णय गरेको हो । उक्त साभारणसभामा बैंकले १४ प्रतिशत नगद लाभांश लगायतका प्रस्ताव लैजाने छ ।
बैंकले गत बर्षको नाफाबाट शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन्।
साधारणसभाका लागि बैंकले मंसिर १४ गते बुक क्लोज गर्ने जनाएको छ । मंसिर १३ गतेसम्म दोस्रो बजारबाट शेयर खरिद गर्नेले लाभांश पाउने छन्। ।