ʽएबीबी टेक्नोलोजीज् डेʼ को आयोजना, २५० भन्दा बढी नेपाली कम्पनीहरुको सहभागिता |
काठमाडौं । एबीबीले नेपालका २५० वटा कम्पनीहरु लाई सहभागि गराई ʽएबीबी टेक्नोलोजीज् डेʼ को आयोजना गरेको छ । उपभोगिय बस्तु, यातायात तथा भौतिक पुर्वाधारजस्ता उधोग अन्तर्गतका नेपाली कम्पनीहरुले एबीबीका बिशेषज्ञहरु सँग बिभिन्न कार्यशालामा भाग लिएका छन्। साथै, सो कार्यक्रममा सम्बन्धित क्षेत्रका नबिनतम प्रबिधीहरुको पनि प्रदर्शनी गरिएको छ । यस बाहेक कार्यशालमा सहभागी प्रमुख कम्पनीहरुका बीच गोल टेबल छलफल पनि भएको थियो ।
एबीबीले १३० बर्षको ईतिहास बोकेर विश्वमै पावर ग्रिड इलेक्ट्रीफीकेसन प्रोडक्ट्स, इन्डष्ट्रियल अटोमेसन तथा रोबोटीक्स र मोसनमा अग्रगामी भूमिका निर्वाह गरिरहेको छ ।
नेपालले आफ्नो जडित उर्जा क्षेमतालाई सन् २०२७ सम्ममा १५००० मेगा वाट पुर्याउने लक्ष्य राखेको छ । एबीबी टेक्नोलोजीलाई ८०५ भन्दा बढी बिद्युत प्राधिकरणका पावर सबस्टेशनमा जडान गरिएको छ । एबीबीले बिभिन्न हाइड्रो परियोजनका निमित्त यूनिफाईड अटोमेसन सिस्टम तथा पावर म्यानेजमेन्ट सोलुशनका माध्यमद्वारा थुप्रै प्रबिधिहरुको समाधान पनि प्रदान गर्दै आएको छ । एबीबी टेक्नोलोजीजलाई केही ठूला सिमेन्ट तथा स्टील कम्पनीहरुले अहिले देखी नै उपत्यका भित्र परिचालनमा ल्याइसकेका छन्। । यसले उत्पादन लागत घटाउनका लागि सहयोग पुर्याउछ ।
- नेपालका मुख्य जल्श्रोत परीयोजनाहरुमा पावरको ब्यवस्था मिलाउने तथा हिमाली भेगहरुमा सौर्य उर्जाको उपभोग गर्ने ।
- ८०५ भन्दा बढी पावर सबस्टेशन हरुमा संचार सुबिधाका लागि प्रबिधीको स्थापना गर्ने
- १५५ जना भन्दा बढिलाई उर्जा दक्षता तालिम दिएर सिमेन्ट तथा स्टील उधोग उर्जाको दक्षता प्रदान गर्ने