डिसी महानगरमा दोस्रो पटक विवाह मेला सम्पन्न |

अमेरिका र अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा विवाह मेला सम्पन्न भएको छ । दोश्रो पटक आयोजना गरिएको मेला उत्साहजनक रूपमा सम्पन्न भएको छ । आयोजकले यसलाई अझ बिस्तृत तथा अझ बढी समुदायमुखी बनाउने बताएका छन् ।यसपटक गतवर्ष भन्दा प्रदर्शन कक्षमा नेपाली तथा बिदेशी ब्यापारीहरुको समेत सहभागिता जनाएका थिए । बिशेष गरी चमेनागृहद्वारा बनाइएका खानाका प्रकार तथा अन्य प्रदर्शनमा राखिएका खाध्य सामग्रीहरु निशुल्क रुपमा हेर्न आएका दर्शकलाई वितरण गरिएको थियो ।
विवाह र साँस्कृतिक पर्वहरुका लागि आबश्यक सेवा तथा सामग्रीबारे सम्बन्धित उपभोक्तालाई सरलरुपमा उपलब्ध गराइने भएकोले प्रदर्शनमा समेत राखिएको थियो ।
गत वर्ष झैँ यस वर्ष पनि दुलहा दुलहीका कपडाका व्यापारी, नेपाली परिकारका खाना, आपूर्तिकर्ताहरु, सजावटकर्ताहरु, गरगहना पसल, बेहुली सजावट तथा शृङ्गारका प्रदर्शन कक्ष, मेहन्दीवाला, लिमोजिन सवारी साधन (बिशेष कार) का संचालक, नेपाली पण्डित, केक पसलका व्यापारी, बिहेका फूलहरु आपूर्तिकर्ता फोटो तथा भिडियोग्राफरहरुको पनि सहभागिता रहेको थियो ।
ग्यालेक्सि इभेन्ट्स सोलुसन का विपिनराज उप्रेती तथा नेरिशा उप्रेती, डिजे सोलक्रीसका कृष्ण दाहाल तथा फोटो पसलका सम्पूर्ण मानन्धरको सयुक्त आयोजनामा बिबाह मेला आयोजना भएको हो । कार्यक्रम १२ देखि ४ बजेसम्म संचालन भएको थियो ।