सानिमा जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता |

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच निर्जीवन बीमा सेवा दिने बारे बैंकास्योरेन्स सम्झौता भएको छ । यस सम्झौतापछि सानिमा जनरल इन्स्योरेन्सका निर्जीवन बीमा सेवाहरु मुक्तिनाथ बैंकका बिभिन्न शाखाहरुमा उपलब्ध हुने बताइएको छ । सम्झौतापत्रमा सानिमा जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठ र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले हस्ताक्षर गरेका छन् ।
सानिमा जनरल इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रहेको बिज्ञप्तीमा उल्लेख छ ।
कम्पनीका अनुसार आगामी आर्थिक वर्षभित्र ३० करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणकालागि जारी गरी चुक्ता पूँजी १ अर्ब पु्रयाउने लक्ष्य रहेको छ ।