सानिमा लाइफको ʽसानिमा जीवन श्रीʼ योजना सार्वजनिक |
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले अधिकतम नेपालीहरुलाई जीवन बीमा प्रदान गर्ने उदेश्यका साथ जीवन बीमा योजना ʽसानिमा जीवन श्रीʼ सार्वजनिक गरेको छ । बीमा कम्पनीले आधुनिक स्तरको जीवन बीमा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुसार देशको आर्थिक तथा सामाजिक क्षेत्रको अध्ययन गरी कम्पनीको प्रविधिक तथा व्यवसायिक समूह र जीवन बीमाका विशेषज्ञ बीमाङ्कीको समुहबाट यो योजना सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ ।
ग्राहकहरुको अर्थिक हितलाई ध्यान दिइ शुरुमा नै यस योजना अन्तर्गत जीवन बीमा गर्दा पूरा बीमा अबधिको लागि प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ बोनस ग्यारेन्टी गरिएको र जीवन बीमाको क्षेत्रमा ग्राहकहरुको जीवन बीमाको लागि अतुलनिय अवसर रहेको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यस योजनामा न्यूनतम पाँच लाख बीमाङ्क रकम देखि आयश्रोतको आधारमा अधिकतम बीमाङ्क निर्धारण गरिने छ । १६ वर्षदेखि ६० वर्षसम्मका व्यक्ति यस योजनामा सहभागि हुन सक्नेछन् । बीमा समाप्तीको अधिकतम उमेर ७० बर्ष निर्धारण गरिएको छ । जसमा १० वर्षदेखि २५ वर्षसम्मको बीमा अवधि रहनेछ ।
यस योजनामा ग्राहकहरुको हितलाई विशेष ध्यान दिई सीमित अवधि सम्म बीमा शुल्क भुक्तानी गरी बीमा समाप्ती उमेर सम्म जोखिम वहनको अवसर सदुपयोग गर्न सकिन्छ । दश देखि पाँच पाँच वर्ष अन्तरमा २५ बर्ष बीमा अवधि निर्धारण गरिएको छ भने बीमा शुल्क भुक्तानी अवधि ६, १०, १५ र १८ बर्ष रहेको छ ।
बीमा समाप्ती मितिसम्म बीमित जीवीत रहेमा बीमालेखेको शर्तहरुको अधिनमा रही प्रत्यक बर्ष प्रतिहजार बीमाङ्कको ७० रुपैयाँका दरले पूरा बीमा अवधिको बोनस एकमुष्ट प्रदान गरिनेछ ।
त्यस्तै बीमा अवधि भित्र बीमा लेख चालु रहेको अवस्था बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही वीमाङ्क र प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कमा ७० रुपैयाँ ग्यारेण्टी बोनस समेत एक मुष्ट प्रदान गरिने सानिमा लाइफले जानकारी दिएको छ ।