सानिमा लाइफको ‘दम्पती सावधिक योजना’ संचालनमा |
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमालेख ‘दम्पती सावधिक योजना’ संचालनमा ल्याएको छ । यो योजनामा एउटै वीमा लेखमा श्रीमान र श्रीमतीलाई जीवन बीमा प्रदान गरिने बताइएको छ । कम्पनीले आर्जन गरेको मुनाफामा समेत सरिक भई आर्थिक सुरक्षा तथा बचत गर्न पाईने कम्पनीले भनाई छ । यो योजनाको न्युनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ छ भने अधिकतम बिमांक रकम आय श्रोतको आधारमा गर्न सकिन्छ ।
यसको न्युनतम प्रवेश उमेर २१ बर्ष छ, भने अधिकतम ५० बर्ष छ । न्युनतम १५ र अधिकतम ३० बर्षसम्मका लागि बीमा गर्न सकिन्छ । बीमा समाप्ति उमेर ७० बर्ष राखिएको छ । बीमा समाप्ती मितिमा दुवै वा कुनै एक दम्पती जिवित रहेमा वीमाङ्क र पुरा अवधिको वोनस एकमुष्ट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । बीमा अवधिभित्र बीमा लेख चालु रहेको अवस्थामा बिमित दम्पतीमध्ये कुनै एकको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी हुनेछ ।
बीमा लेख चालु रहेको अवस्थामा बिमित दम्पतीमध्ये बाँकी जिबित बीमितको मृत्यु भएमा बिमाङ्क समानुपातिक आर्जित वोनस एक मुष्ट भुक्तानी गरिने छ। यो योजना योजना अन्तर्गत जीवन बीमा गरी न्यूनतम २ बर्षको बीमा शुल्क भुक्तानीपछि बीमालेख चुक्ता बीमा लेखको लागि योग्य हुने छ ।
त्यस्तो बीमालेखबाट बीमितले चाहेमा समर्पण मूल्य प्राप्त गर्न सकिने छ। बीमा समितिबाट स्वीकृति विधि प्रयोग गरी वैज्ञानिक तरिकाले समर्पण मुल्य निर्धारण गरिने कम्पनीले भनाई छ । बीमा लेखको धितोमा समर्पण मुल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ । त्यस्तै वीमीतले यस वीमा योजनामा थप वीमा शुल्क तिरी पुरक करारको रुपमा दुर्घटना मृत्यु लाभ अपाङ्ग र अशक्त सुविधा लिन सकिने छ ।