साइँलीको फस्ट लुक रिलिज |

काठमाडौं । फिल्म ʽसाइँलीʼ को फस्ट लुक रिलिज भएको छ । सो फिल्मको पर्दशन मिति पनि तोकिएको छ । अब यो फिल्म चैत्र १५ गतेबाट सिनेमा हलहरुमा आउने भएको छ ।
जिएच ईन्टरटेन्मेन्टको ब्यानरमा गायक हेमन्त राना र अभिनेता गौरव पहाडीले निर्माण गरेको यो फिल्मलाई रामबाबु गुरुङ्गले लेखन तथा निर्देशन गरेका छन् ।
मेनुका प्रधान, गौरव पहाडी, दयाहाङ्ग राई, केनिपा शिंह, माओत्से गुरुङ्ग, अरुणा कार्की, प्रकाश घिमिरे लगायतले मुख्य भुमिकामा अभिनय गरेको यो फिल्ममा विशाल गुरुङ्ग, मोहन राना निर्माता, विजय आले, बिकास पुजास, शुभेक्छा केसी सह निर्माता र मणिराम पोख्रेल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
फिल्ममा शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँसकोटा र शुसान्त गौतमको संगीत रहेको छ ।