नेशनल माइक्रोफाइनान्सले ४० प्रतिशत लाभांश दिँदै, साधारणसभाका लागि मंसिर १५ गते बुक क्लोज |
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको हालै बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । संस्थाले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको उक्त निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको अब बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले सो मात्राको लाभांश पाउने संस्थाले जानकारी दिएको छ । संस्थाको आगामी वार्षिक साधारणसभा यही मंसिर २८ गते बस्दै छ । सो प्रयोजनका लागि संस्थाले मंसिर १५ गते बुक क्लोज गर्दै छ ।
हाल कम्पनीको चुक्ता पूँजी १२ करोड ३ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी १५ करोड रुपैयाँ नाघ्नेछ ।