मेगा क्यापिटल मार्केटस् संचालनमा आउँदै, ६ महिनाभित्र कम्पनीका पूर्वाधार सम्पन्न गर्ने |
काठमाडौं । नेपालको मर्चेन्ट बैंकिङ क्षेत्रमा अर्को नयाँ क्यापिटल मार्केट सञ्चालनमा आउने भएको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेड सञ्चालनमा आउने भएको हो । सो कम्पनीलाई मर्चेन्ट बैंकिङ व्यवसाय गर्न नेपाल धितोपत्र बोर्डले हालै सैद्धान्तिक सहमति दिएको छ । त्रिपुरेश्वरस्थित साकेत कम्प्लेक्समा रहेको कर्पोरेटले व्यवसाय सञ्चालनमा ल्याउने भएको हो ।
सहायक कम्पनीका रूपमा मेगा क्यापिटल मार्केट्स लिमिटेड सञ्चालनमा आउन लागेको हो । सैद्धान्तिक सहमति प्राप्त गरेको ६ महिनाभित्रमा कम्पनीका सम्पूर्ण पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको उक्त कम्पनीका अध्यक्ष ईश्वरबहादुर गुरुङको भनाइ छ । कम्पनीको अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।
सञ्चालनमा आएपछि निष्कासन तथा विक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार, लगानी कोष व्यवस्थापन, संस्थागत परामर्शजस्ता सम्पूर्ण मर्चेन्ट बैंकिङ सेवा एकै स्थानबाट प्रदान गर्ने कम्पनीका सीइओ सुदयकान्त झाले बताएका छन् ।