एभरेष्ट इन्सुरेन्सको हकप्रद शेयरको मूल्य समायोजन रद्द |
काठमाडौं । एभरेष्ट इन्सुरेन्सको संस्थापक हकप्रद सेयरमा भएको मूल्य समायोजन नेप्सेले रद्द गरेको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गर्न नहुने लगानीकर्ताहरुले माग उठाएपछि मूल्य समायोजन रद्द भएको हो । नेप्सेले गत बुधबार एभरेष्टको १०५५ संस्थापक हकप्रद सेयरको मूल्य समायोजन गरेको थियो ।
लगानीकर्ताको आग्रहपछि आइतबार इन्सुरेन्सको सेयर कारोबार रोक्का गरिएको थियो । मूल्य समायोजन रद्द भएपछि सोमबारबाट इन्सुरेन्सको सेयर कारोबार सुरु भएको छ ।