अजोड इन्सुरेन्स र कुमारी बैंक बिच बैंकास्योरेन्स सम्झौता |
काठमाडौं । अजोड इन्सुरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब कुमारी बैंकका ग्राहकहरूले अजोड इन्सुरेन्सको निर्जीवन बिमा सम्वन्धी सेवा बैंकबाटै पाउनेछन् । इन्सुरेन्स सेवा बैंकको सबै शाखाबाट पाइने कम्पनीले जानकारी दिएको छ ।
यी दुई कम्पनीले बिमा व्यावसाय विस्तार गर्ने उद्देश्यले आइतबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा अजोड इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिनाले हस्ताक्षर गरेका हुन ।