प्रिमियर इन्स्योरेन्सको नाफा ४ करोड १२ लाख |
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १२ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९३.९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।
कम्पनी पुनर्बीमा कमिशन आयबाट ५ करोड ५० लाख, लगानी कर्जा तथा अन्य आयबाट एक करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ । ५८ करोड चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६७ करोड १० लाख रुपैयाँ, बीमा कोषमा ४२ करोड १५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ३ करोड ८१ लाख रुपैयाँ संचित छ ।
हाल सम्म कम्पनीले ४३ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरी ४७ हजार ६८ बीमालेख जारी गरेका छन् । यस अवधिमा २ हजार २८८ बीमालेख नवीकरण भएका छन् । कम्पनीले यस अवधिमा २२ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २१ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।
कम्पनीले २ हजार दाबी संख्या वापत ३० करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ३ हजार १३४ दाबी वापत ९३ करोड ८१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ २२ पैसा, प्रतिशेयर नेटवर्थ २९३ रुपैयाँ ६३ पैसा र प्रतिशेयर आम्दानी ३४.८३ गुणा बढी छ ।